Purbi Garjan

दिन: २०८३ बैशाख २३, बुधबार

युवा लहरको उदय : व्यवसायीको आवाज बनेका सन्तोष खवास वाणिज्य उपाध्यक्षको दौडमा

युवा लहरको उदय : व्यवसायीको आवाज बनेका सन्तोष खवास वाणिज्य उपाध्यक्षको दौडमा

मेचीनगर। युवा व्यवसायी तथा समाजसेवीका रुपमा आफ्नो परिचय बनाएका सन्तोष खवास मेची उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवार बनेसँगै संघको आगामी नेतृत्व चयनमा नयाँ ऊर्जा थपिएको छ। व्यवसायीहरूको हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै आएका खवासको उम्मेदवारीलाई परिवर्तन र सुधारको संकेतका रूपमा हेरिएको छ। व्यवसायिक क्षेत्रमा सक्रिय खवासले लामो समयदेखि व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, राजस्व तथा नीतिगत सुधार, र संघभित्र पारदर्शिता तथा उत्तरदायित्वको अभावजस्ता विषयमा खुला रूपमा धारणा राख्दै आएका छन्। विशेषगरी युवाहरुमाझ लोकप्रिय रहेका उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै स्थानीय तहमा विभिन्न सामाजिक गतिविधिमा योगदान दिँदै आएका छन्। उनले आफ्नो उम्मेदवारीमार्फत व्यवसायमैत्री वातावरण निर्माण, संघभित्र पारदर्शी नेतृत्व…
Read More
रुपन्देहीमा क्यासिनो छापा : १९ नेपाली जुवा खेल्दै पक्राउ

रुपन्देहीमा क्यासिनो छापा : १९ नेपाली जुवा खेल्दै पक्राउ

भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मार्दा १९ जना नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार राति करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा आकस्मिक अनुगमन तथा चेकजाँच गरेको थियो। सो क्रममा क्यासिनोभित्र नेपाली नागरिकहरू जुवा खेलिरहेको भेटिएपछि नगद तथा जुवासम्बन्धी सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले जुवा खेलाउन संलग्न क्यासिनो व्यवस्थापन पक्षलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकाहरू रुपन्देही, काठमाडौं, ललितपुर, गुल्मी, पर्सा लगायत विभिन्न जिल्लाका रहेको प्रहरीको भनाइ छ। कारबाहीका क्रममा प्रहरीले नगद…
Read More
ne_NPNepali