Skip to main content

Purbi Garjan

भानु साहित्यिक प्रतिष्ठानद्वारा प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

मेचीनगर । झापाको मेचीनगर -६ मा अवस्थित भानु साहित्यिक प्रतिष्ठानले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा.डा. एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्मान ग्रहणपछी बोल्दै गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफुलाई गरेको सम्मान यहाँका समुदायको सम्मान भएको अनुभुती आफुले गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले साहित्य, कला र संस्कृतिको जगेर्नामा गुरुङले गरेको योगदानको चर्चा गरे ।

त्यस्तै अन्य विधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट टेवलटेनिस खेलाडी अमिता गिरीलाई नगद २१ हजार नगदसहित सम्मान गरिएको छ ।

यस्तै भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारीलाई नगद १५ हजार, भानु प्रशंसा पुरस्कारबाट केन्द्रप्रसाद भट्टराईलाई नगद ५ हजार र भानु प्रशंसा पुरस्कारबाट जयप्रसाद आचार्यलाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

भानु जयन्तीको पूर्वसन्ध्यामा शुक्रबार गरिएको खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम हुने नन्दी भट्टराईलाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

सम्मानित व्यक्तिहरुलाई मन्त्री एकराज कार्कीले नगदसहित पुरस्कृत गरेका थिए । उनले भानुको शालिकमा माल्यापर्ण समेत गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मेदनीप्रसाद खरेल र सञ्चालन महासचिव सुशिल आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali