Skip to main content

Purbi Garjan

भानु साहित्यिक प्रतिष्ठानद्वारा प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

मेचीनगर । झापाको मेचीनगर -६ मा अवस्थित भानु साहित्यिक प्रतिष्ठानले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा.डा. एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्मान ग्रहणपछी बोल्दै गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफुलाई गरेको सम्मान यहाँका समुदायको सम्मान भएको अनुभुती आफुले गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले साहित्य, कला र संस्कृतिको जगेर्नामा गुरुङले गरेको योगदानको चर्चा गरे ।

त्यस्तै अन्य विधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट टेवलटेनिस खेलाडी अमिता गिरीलाई नगद २१ हजार नगदसहित सम्मान गरिएको छ ।

यस्तै भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारीलाई नगद १५ हजार, भानु प्रशंसा पुरस्कारबाट केन्द्रप्रसाद भट्टराईलाई नगद ५ हजार र भानु प्रशंसा पुरस्कारबाट जयप्रसाद आचार्यलाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

भानु जयन्तीको पूर्वसन्ध्यामा शुक्रबार गरिएको खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम हुने नन्दी भट्टराईलाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

सम्मानित व्यक्तिहरुलाई मन्त्री एकराज कार्कीले नगदसहित पुरस्कृत गरेका थिए । उनले भानुको शालिकमा माल्यापर्ण समेत गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मेदनीप्रसाद खरेल र सञ्चालन महासचिव सुशिल आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali