मेचीनगर । झापाको मेचीनगर -६ मा अवस्थित भानु साहित्यिक प्रतिष्ठानले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा.डा. एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ । सम्मान ग्रहणपछी बोल्दै गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफुलाई गरेको सम्मान यहाँका समुदायको सम्मान भएको अनुभुती आफुले गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले साहित्य, कला र संस्कृतिको जगेर्नामा गुरुङले गरेको योगदानको चर्चा गरे । त्यस्तै…