Skip to main content

Purbi Garjan

नेकपा पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी हुन्थेन : प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणबाट पार्टी पुनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो दाबी गरेका हुन् ।

‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पर्छ’ उनले भने ,‘सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार, कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो ।’
प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङभित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८ गतेले तोडेकाे जिकिर गरे । उनले भने, ‘नेपालका पार्टीहरु जनताको प्रतिनिधित्व गर्ने पार्टी बन्न सकेनन्, माओवादी बन्ने प्रयासमा थियो त्यो पनि सकेन, अहिले विचार लाइन र दृष्टिकाेणको हिसाबले नेकपाले देश र जनतालाई प्रतिनिधित्व गरेको छ, नेपाली जनतालाई ठुलो आसा पैदा गराएको छ ।’

उनले अबको २१ औं सताव्दी भनेको साम्राज्यवादी युगको अन्त्य र जनक्रान्तिको युगको सताब्दी हुने पनि ठोकुवा गरे ।

नेता प्रकाण्डले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताले मुक्ति नपाउने पनि बताए ।

उनले भने ‘जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताको मुक्ति हुँदैन, उन्नति हुँदैन, लामो समय दासत्वको जीवन बिताउनु पर्छ, ०६२/०६३ को जनआन्दोलनपछि माओवादी पार्टी र नेतामा विचलन आएको सही हो, जसले गर्दा जनताको प्रतिनिधित्व गर्ने पार्टी भएन, त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्यो ।’

उनले संघीय गणतन्त्रको नाममा नेपालमा दलाल पुँजीवादी व्यवस्था चलिरहेको भन्दै यो व्यवस्था जनताको नभएको बताए । उनले दलाल पुँजीवादको अन्त्य गरेर नेपालमा समाजवादी व्यवस्था स्थापित नगरेसम्म जनताको मुक्ति नहुने विचार व्यक्त गरे ।

उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गर्ने जानकारी समेत गराएको छ ।

बुधबार पत्रकार सम्मेलनमा वितरित कार्यक्रमकाे जानकारीसहितकाे प्रेस विज्ञप्तिकाे पूरा पाठ यसप्रकार छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali