Skip to main content

Purbi Garjan

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का वडाध्यउक्ष दिपक बरालले गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष बरालले मानीसको स्वास्थ्य संवेदनशिलतालाई बुझेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु राम्रो कार्य रहेको बताए । मानिस स्वास्थ्यबाट बन्चित हुँनु हुँदैन उनले भने अप्ठारोमा परेका नागरिकलाई आवश्यम साथ सहयोग गर्न वडाकार्यालय समेत तयार रहेको बताए ।

उद्घाटन शत्रको कार्यक्रममा अग्रज तथा जेष्ठ समाजसेवी ज्ञानबहादुर तामाङ, समाजसेवीहरु गोपी रिजाल, यज्ञप्रसाद भण्डारी, छविलाल काफ्ले, नगेन्द्रप्रसाद रिजाल, तुलसी ढुङ्गाना, पुष्प गुरागाई, कुमार ढुङ्गाना, शिक्षासेवी दिनेश खड्कालगायतको आतिथ्यत रहेको थियो । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र श्रदेय आश्रम मेचीनगरका सञ्चालक समिति सदस्य सचिन निरौलाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कमल पौडेलले गरेका थिए ।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि ओमसाई पाथीभरा हस्पिटल एण्ड रिसर्च सेन्टर, भद्रपुरका बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ। त्यस्तै मेची नेत्रालय काँकरभिटेटाका नेत्र बिशेषज्ञबाट आँखा जाच गरिएको थियो ।

बौद्धमोड इङ्गलिस बोर्डिङ स्कुल परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ बालरोग बिशेषज्ञ डा सुभास बस्नेत, बरिष्ठ फिजिसियन डा डालिम काफ्ले, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा एलिजा गौतम, बरिष्ठ नेत्र बिशेषज्ञ डा योगेन्द्र राउतलगायतका चिकित्सकले सेवा दिएका थिए । शिविरमा फिजिसियन तर्फ ३५७, गाइनो तर्फ ४३ र बालरोग तर्फ ६७ जनाले सेवा लिएका थिए । त्यस्तै ३५७ जनाले आँखा जाँच गराएका छन् । उनीहरुलाई आवश्यकता अनुसार निःशुल्क ल्याब, इसिजी, चस्मा र औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको  छ ।

ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ॠण सहकारी संस्था र सोनाम लामासहित सोनाम औषधि केन्द्र सहयोगि संस्थाको रुपमा रहेको थियो भने, स्वास्थ्य शिविर व्यवस्थापन सहयोग बौद्धमोड इङ्गलिस बोर्डिङ स्कुल परिवार र मानव धर्म सेवा समितिका स्वयंसेवकहरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali