युवा संगठन नेपाल पुर्बि कमान्ड संयुक्त ब्यूरोद्वारा विभिन्न कार्यक्रमको घोषणा

झापा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको पुर्वी कमाण्ड अन्तर्गतका ब्युरोहरुले संयुक्तरुपमा पाचौं राष्ट्रिय सम्मेलनको तयारी थालेका छन्,।
संगठनको पाँचौ राष्ट्रिय सम्मेलनको व्यापक तयारीका लागि रचनात्मक कामहरु गर्ने निर्णय गर्दै हिजो बसेको बैठकले असोज ५ गते व्यूरो भरीका जिल्लाहरुमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै युवा संगठन नेपालले असोज १५ गते कालोबजारी,भ्रष्टाचारी विरुद्ध जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र दिने र सोही दिन नाप तौल तथा गुण नियन्त्रण कार्यालयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै २४ गते वृद्धाश्रममा फलफुल तथा लत्ताकपडा सहयोग गर्ने छ ।
संगठनको बैठकले दसै तिहारको समयमा झापा सर्लाही र भोजपुर जिल्लामा खेलकुद प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ भने व्यूरो भरीका जिल्लाहरुमा स्वास्थ्य शिविर संचालन गर्ने लगायतका रचनात्मक कामहरु गर्ने निर्णय गरेको छ।
हिजो बसेको बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य तथा कोशी ब्यूरो ईन्चार्ज दिपेश सी, विशिष्ट अतिथि पार्टी पोलीटब्युरो सदस्य तथा पुर्बी उत्पादन बिभाग प्रमुख सुमन सी, संगठनका पुर्बी कमान्ड ईन्चार्ज सुबाश सी लगायतको उपस्थिति रहेको थियोे ।