Skip to main content

Purbi Garjan

मेचीनगर गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन, आठ टिम सहभागी हुने

मेचीनगर। झापाको मेचीनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन रहने भएको छ। आज आयोजक र प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गर्दै गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन रहने जानकारी गराइएको हो ।

फागुन २४ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरि आठवटा टिम सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे आयोजकले जानकारी दिएको हो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहभागी हुने छन् ।

त्यस्तै, प्रतियोगितामा भारतको जर्जियन युनाइटेड दार्जिलिङ र ग्लोबल फुटबल क्लब आसामले सहभागिता जनाउने समेत आयोजकले जानकारी दिएको छ।

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बताए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ ।

प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउने क्लबका पूर्वअध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिए ।

मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको उद्घाटन खेलमा चर्चित भारतीय फुटबलर पुर्व कप्तान सुनिल क्षेत्री आउने समेत आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali