काठमाडौ। अन्तरास्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको सन्दर्भमा र्यालीसहित सभाको आयोजना गरिने भएको छ। विभिन्न कम्युनिस्ट पार्टी सम्बद्ध महिला संघ/ संगठनहरुको बुधबार काठमाडौमा सम्पन्न संयुक्त बैठकले काठमाडौमा सभाको आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सीले जानकारी दिएकी छन् । बैठकले महिलाबिरुद्ध भइरहेका हिंसाका घटना लगायत महिला आन्दोलनका साझा सवालमा समान धारणा बनाई अगि बढने र सहकार्य गर्ने निर्णय समेत गरेको छ ।भने ८ मार्चको कार्यक्रमको बिस्तृत कार्यक्रम फागुन १९ गते बैठक बसी सार्वजनिक गर्ने जानकारी दिइएको छ । चार महिला संगठनको संयुक्त बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी र महासचिव राजकुमारी…
मेचीनगर। झापाको मेचीनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन रहने भएको छ। आज आयोजक र प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गर्दै गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन रहने जानकारी गराइएको हो । फागुन २४ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरि आठवटा टिम सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे आयोजकले जानकारी दिएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी,…
भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन…