Skip to main content

Purbi Garjan

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता इन्चार्ज संगितले गर्नुभएको थियो भने संचालन सेक्रेटरी कुमारले गर्नुभएको थियो। स्वागत मन्तव्य क. सौगातले व्यक्त गर्नुभएको थियो ।

कुखुरापालन, मत्स्यपालन, तथा पशुपालनमा संलग्न किसानहरूसहित कृषि विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा केदार घिमिरे, अभिषेक मण्डल, होम वास्तोला, लाल बहादुर बस्नेत, माटो विज्ञ युवा कुल बहादुर काफ्ले, कृष्ण चन्द्र महर्जन तथा जैविक खेती विज्ञहरूले आफ्नो विचार व्यक्त गरेका थिए ।

विप्लवको आह्वान: आत्मनिर्भर अर्थतन्त्रको निर्माण

कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कृषि क्षेत्रको प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको खाँचो औंल्याउनुभयो। उहाँले कृषि क्षेत्रमा वैज्ञानिक विधिहरूको प्रयोग, जैविक खेतीको प्रवर्द्धन, तथा उत्पादन प्रणालीको सुधार गरेर मात्रै आर्थिक स्थिरता प्राप्त गर्न सकिने बताउनुभयो ।

“हामीले अनुशरण गर्ने होइन, सिर्जना गर्ने अर्थतन्त्र निर्माण गर्नुपर्छ। त्यसका लागि कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै आधुनिक प्रविधिको प्रयोग आवश्यक छ,” विप्लवले भन्नुभयो ।

कृषकहरूको छलफल र अनुभव आदानप्रदान

कार्यक्रममा किसानहरूले आफ्नो अनुभव साझा गर्दै कृषि क्षेत्रमा भइरहेका चुनौतीबारे चर्चा गरेका थिए। उनीहरूले जैविक खेतीलाई प्रवर्द्धन गर्ने, नयाँ प्रविधिहरू भित्र्याउने, र उत्पादन प्रणालीलाई व्यवस्थित बनाउने विषयमा छलफल गरेका थिए ।

यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमहरू किसानहरूलाई आधुनिक कृषि प्रविधि, जैविक खेती, तथा आत्मनिर्भर उत्पादन प्रणालीबारे जानकारी गराउँदै समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali