वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इन्चार्ज संगितले गर्नुभएको थियो भने संचालन सेक्रेटरी कुमारले गर्नुभएको थियो। स्वागत मन्तव्य क. सौगातले व्यक्त गर्नुभएको थियो । कुखुरापालन, मत्स्यपालन, तथा पशुपालनमा संलग्न किसानहरूसहित कृषि विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा केदार घिमिरे, अभिषेक मण्डल, होम वास्तोला, लाल बहादुर बस्नेत, माटो विज्ञ युवा कुल बहादुर काफ्ले, कृष्ण चन्द्र महर्जन तथा जैविक खेती विज्ञहरूले आफ्नो विचार व्यक्त गरेका थिए । विप्लवको आह्वान: आत्मनिर्भर अर्थतन्त्रको निर्माण कार्यक्रमका प्रमुख वक्ता नेपाल…