Purbi Garjan

दिन: २०८१ श्रावण १६, बुधबार

घट्यो पेट्रोल र डिजेलको मुल्य

घट्यो पेट्रोल र डिजेलको मुल्य

झापा । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । तेस्तै तेस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार…
Read More
पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ। रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।
Read More
लागूऔषध मुद्दामा इप्रका काकडभिट्टाको हिरासतमा रहेका मेचीनगरका एक युवाको मृत्युु

लागूऔषध मुद्दामा इप्रका काकडभिट्टाको हिरासतमा रहेका मेचीनगरका एक युवाको मृत्युु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ काकडभिट्टा स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। साउन १३ गते पुरानो मेचिपुलबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका मेचिनगर नगरपालिका वडा न. ७ पालिया स्थित आदर्श टोल बस्ने २८ बर्षको झक बहादुर खड्काको मृत्युु भएको हो । लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका उनको आज बिहान १:५५ बजे निधन भएको प्रहरीले जनाएको छ। अन्दाजी १:४० बजे निजको स्वास्थ अवस्था असहज भई तत्काल आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।…
Read More
ne_NPNepali