Purbi Garjan

दिन: २०८२ आश्विन १४, मंगलवार

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित…
Read More

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।   सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…
Read More
ne_NPNepali