बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो । ३३ औँ मिनेटमा आर्मीले…