Purbi Garjan

दिन: २०८२ मंसिर ३०, सोमबार

प्याब्सन मेचीनगर : विद्यालय टाढिँदै गए, उद्देश्य चुक्यो

प्याब्सन मेचीनगर : विद्यालय टाढिँदै गए, उद्देश्य चुक्यो

अपेक्षित सहभागिता नजुट्दा गायन–नृत्य प्रतियोगिता औपचारिकतामै सीमित मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अपेक्षित सहभागिता नजुट्दा औपचारिकतामै सीमित बनेको छ । नगरभित्रका अधिकांश निजी विद्यालय सहभागी नहुनु र उत्साहजनक वातावरण नदेखिनुले कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको सरोकारवालाहरूको टिप्पणी छ । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो । तर धेरै सदस्य विद्यालयको अनुपस्थिति, न्यून सहभागिता र कमजोर प्रतिस्पर्धात्मक माहोलले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । सिर्जनशीलता विकास, प्रतिभा पहिचान र विद्यालयबीच सहकार्य प्रवर्द्धन गर्ने…
Read More
ne_NPNepali