बिर्तामोड, माघ १९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए । त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र…