मेचीनगर। झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा बरामद गरेको छ। मंगलबार राति १२:१० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। प्रहरीका अनुसार मेचीनगर–७ निवासी कोपिला तामाङको भान्सा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भित्र्याई भन्सार छली गरी राखिएको अवस्थामा २० बोरा कपडा र १० कार्टुन कस्मेटिक सामान फेला परेको हो। बरामद गरिएको सामानको अनुमानित मूल्य २४ लाख ९९ हजार ८१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी मेची…