प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरेको छ। टोलीले नुवाकोटका अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका २५० परिवारलाई कुल ८ लाख रुपैयाँ नगद सहयोग वितरण गरेको हो। इन्द्रकुमार राईको नेतृत्वमा रहेको उक्त टोलीमा चन्दन सिटौला, अनिल गुरुङ, बुद्धि शर्मा तथा नेपाली पत्रकार प्रशान्त आचार्य रहेका थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले उक्त सहयोग सिधै प्रभावितहरूलाई हस्तान्तरण गरिएको हो। २५० परिवारलाई वितरण गरिएको सहयोग बाहेक, पूर्ण रूपमा प्रभावित तथा आफन्त हराइरहेका र काजकिरिया शुरु गरेका २०…