काठमाडौ । भुकुम्पद्वारा ठूलो जनधनको क्षति भएपछी आहत अवस्थामा रहेको जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा सहयोग पुगोस भन्ने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो द्वारा पांच काटुन अति महत्वपूर्ण औसधि पार्टिका महासचिव बिप्लवलाई हस्तान्तरण गरिएको छ।

हिजो सांझ पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी, पश्चिम झापाका इन्चार्ज संजय र चिकित्सक डा. डिल्ली राज रीजालले महासचिव निवास हरिसिद्धी पुगेर उक्त औसधि हस्तान्तरण गरेका हुन्, । भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर जान लाग्नु भएका महासचिवलाई सामाग्री हस्तान्तरण गरिएको मेची ब्युरो इन्चार्ज सुमनसिंहले जानकारी दिए ।

महत्वपूर्ण शल्यक्रियामा आवश्यक पर्ने औसधिहरु पठाइएको कुरा डा. डिल्लीराज रिजालले बताएका छन् । यता मेची ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा राहत सामाग्री संकलन संचालन गरिएको र यो भोलि सम्म चल्ने बताइएको छ ।

Facebook Comments Box