प्रविण अधिकारी

मेचिनगर। पुर्वकै सबैभन्दा ठुलो मेची भन्सार कार्यालय काँकडभिट्टा नाकामा सर्वसाधारण जनतालाई १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार कटाउँदै आएपनि १ करोड १ लाख मुल्य बराबरको सामान सहित भारतबाट नेपाल आएको एउटा कन्टेनर गाडी बिना भन्सार निस्किएको पाइएको छ।

भन्सारमा राजश्व नतिरी निस्किएको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको घुमुवा प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय काकडभिट्टाको समन्वयमा नियन्त्रणमा लिएपछि उक्त रहस्य सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले हिजो साँझ अन्दाजी ७:३० बजेको समयमा विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित पुरानो भन्सार ट्राफिक पोस्ट नजिकैबाट कन्टेनरलाई नियन्त्रणमा लिएको छ भने उक्त कन्टेनरका चालक फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रहरीले ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै उक्त कन्टेनरका चालक फरार भएको र उक्त कन्टेनर इप्रका काकडभिट्टामा ल्याएर सरसामान चेकजाँच गर्दा १ करोड १ लाख बराबरको सामान पाइएको छ भने ट्रकको मूल्य सहित १ करोड २१ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ।

उक्त कन्टेनरमा ७ लाख २० हजार बराबरको हुक्कामा प्रयोग हुने कोकोजेल चारकोल ६० कार्टुन , २० लाख मूल्य बराबरको अफजोल फ्लेभर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको काँचको झ्याम्टा २ हजार ४ सय ६५ केजी , १२ हजार ५०० मुल्य बराबरको टेलिफोन साबुन २५ कार्टुन गरि १ करोड १ लाख २७ हजार ५ सय बराबरको सामान रहेको र ट्रकको अन्दाजी मुल्य २० लाख गरि जम्म १ करोड २१ लाख २७ हजार ५ सय बराबरको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *