झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल समाजवादी झापाले नयाँ वर्षको प्रारम्भमा एमसिसी सम्झौताको विरुद्ध भित्तेलेखन गरेको छ।

संगठनका पूर्वी झापा इन्चार्ज डीपीको नेतृत्वमा विद्यार्थीहरुले जिल्लाको अर्जुनधारा नगरपालिका आसपासका क्षेत्रमा भित्तेलेखन कार्य गरेको हो ।

भित्तेलेखनमा गो ब्याक एमसिसी , नो एमसिसी, रिजेक्ट एमसिसी लगायतका नाराहरु समावेश गरिएको छ। इन्चार्ज डिपीका अनुसार विद्यार्थीहरुको हकहितका लागि संगठनले विविध गतिविधि गर्दै आइरहेको छ।

Facebook Comments Box