काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार पार्टी सम्मिलित समाजवादी मोर्चामा जोडिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका महासचिव तथा मोर्चाका संयोजक विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच भएको छलफलमा एमाले मोर्चामा जोडिन तयार भएको हो ।

बैठकमा ओलीले केही दिनको आन्तरिक छलफलपछि एमाले पनि मोर्चामा जोडिने बताएका हुन्, । उक्त भेटवार्तामा पछिल्लो समय फेरिएको सत्ता गठबन्धन र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परेको प्रभावको विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा पछिल्लो सत्ता गठबन्धनले देशको स्वाधिनता, क्रान्ति र परिवर्तन चाहने राजनीतिक दल, नेता र आमजनता उत्साहित भएको र दलाल, प्रतिक्रान्तिकारी शक्तिमा घवरावट पैदा भएको र उत्तेजित भएको विश्लेषण गरिएको बताइएको छ।

भेटवार्तामा राष्ट्रिय समस्या हल गर्न सरकारले आफ्नो कार्यलाई प्रभावकारी बनाउनु पर्ने विषयमा समेत छलफल भएको थियो । छिट्टै समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम अगाडि बढाउने विषयमा पनि सहमति थियो ।

स्मरणीय छ, गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।

उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *