इलाम । इलाम २ मा जारी उपनिर्वाचनको सुरुवाती मतपरिणाममा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ । फाकफोकथुम वडा नम्बर १ र २ को मतगणना सकिदाँ नेपाली काँग्रेसका डम्बर खड्काले ११४५ मत प्राप्त गरी अग्रता हासिल गरेका छन् ।

त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै फाकफोकथुम वडा नम्बर १ को गणनामा स्वतन्त्र उम्मेदवार डगेन्द्रसिहं थेगिमले १८७ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

Facebook Comments Box