[the_ad_placement id=ads-sec ads-full"below-post"]

प्रविण अधिकारी
झापा । झण्डै १९ सय किलोमिटर दौडिएर यात्रा गर्ने उद्धेश्यका साथ सोमबार भारतको वेस्ट बंगाल स्थित कालिम्पोङबाट दौड शुरु गरेका दुई भारतीय धावक नेपाल आइपुगेका छन्।

“रन फर हेल्थ” को नारा दिएर जलढाका कालिम्पोङबाट यात्रा शुरु गरेका नोर्देन तामाङ र
अनुस शर्मा आज बिहान काकडभिट्टा आइपुगेका हुन्। उनिहरुलाई मेची पुलमै पुगेर वडा नम्बर -६ का अध्यक्ष ललित बहादुर तामाङ , देही आर्ट काकडभिट्टाका सञ्चालक छितेन लामा , साइक्लिङ ग्रुप विर्तामोडका सदस्यहरु लगायतले खादा लगाएर स्वागत गरेका छन्,।

धावकद्वय नोर्देन तामाङ र अनुश शर्मालाई नेपालको राष्ट्रिय झण्डा उपहार दिँदै अध्यक्ष तामाङले यात्रा सफलताको शुभकामना दिँदै काकडभिट्टाबाट बिदाइ गरेका हुन्। मेचीमहाकाली हुँदै करिब १९०० किलोमिटर दौड यात्रामा निस्किएका धावकहरुले दैनिक ६० देखि ६५ किलोमिटर सम्म दौडिने र
४० देखि ४५ दिनमा केदारनाथ पुग्ने लक्ष्य रहेको जलढाका रनर्सका सहजकर्ता गोपाल गुरुङले जानकारी दिए।

अहिले युवा पुस्ता लागूऔषध दुर्व्यसनीमा लागेर जिन्दगी नै बर्बाद पारिरहेको अवस्थामा युवाहरूलाई खेलकुद, दौडमा आकर्षण गराउने र नेपाल हुँदै सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ दौडमा निस्किएको समेत गुरुङले बताए ।

त्यस्तै पटकपटक नेपाल आएपनि दौडँदै पहिलोपटक नेपाल आएको बताउँदै धावक नोर्देन तामाङले नेपाल -भारत कुनै दुश्मन नभएर मैत्री देश र भाइचाराको सम्बन्ध रहेको बताए । उनले आफुलाई नेपालको अथाह माया रहेको र नेपालीहरु साँच्चै सहयोगी भावनाको रहेको भन्दै खुसी व्यक्त गरे। पछिल्लो समय युवा पुस्ता लागूऔषधको सिकार बनिरहेको र उनिहरुलाई सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ यात्रा तय गरेको उनिहरुले बताए । दौड यात्रामा निस्किएका उनिहरुलाई विर्तामोड सम्म साइक्लिङ टिमले स्कटिङ गरेको थियो ।

Facebook Comments Box