झापा । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को एकसाथ सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जसअनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नेपाल प्रहरी प्रधान कार्यालयबाट निमबहादुर लामा आउने भएका छन् , भने काँकरभिट्टाका डिएसपी दीपक भारतीको साइबर अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।

त्यस्तै यसअघिका डिएसपी खगेन्द्र प्रसाद रिजाल अनिवार्य अवकाश भएपछि खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डिएसपी थिएनन्, ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रकाश विष्ट आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट आउने भएका हुन् । हालका डिएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुरबाट निशान थापा आउने भएका छन् । हालका डिएसपी मनोजकुमार लामाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सरुवा भएको छ । (पिडिएफ फाइलमा हेर्नुहोस्, सरुवा लिस्ट )

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *