सुन काण्डमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

Byadmin

९ चैत्र २०८०, शुक्रबार ०९:०४ ९ चैत्र २०८०, शुक्रबार ०९:०४ ९ चैत्र २०८०, शुक्रबार ०९:०४

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानिमा रिहाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्यूरोका अनुसन्धान अधिकृतहरुले बुधवार र बिहिबार माईतिघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका हुन् । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टिबि र मष्किको नशामा समस्या छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरुले उनलाई प्रश्न गरेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्धा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सिआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *