काठमाडौँ । सत्तारूढ दलहरुसहित ४ पार्टी सम्मिलित समाजवादी मोर्चाले दलाल पूँजीवाद विरुद्ध जनसभासहित अन्तरक्रिया गर्ने भएको छ।

Advertisements

बुधबार बालुवाटारमा बसेको समाजवादी मोर्चाको संयुक्त बैठकले प्रतिगमन, विदेशी हस्तक्षेप र भ्रष्टाचार विरुद्ध लड्ने प्रतिवद्दता सहित दलाल पूँजीवाद विरुद्ध जनसभा गर्ने भएको हो।

चार पार्टिहरु सम्मिलित समाजवादी मोर्चा नेपालको बुधबार सम्पन्न बैठकले विदेशी हस्तक्षेप, प्रतिगमनकारी हर्कत र दलाल पूँजीवाद विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलीय सचिवालयको बैठकले माग पहिलो साता देशको समसामयिक राजनीति विचार र विकासको बटम लाईन निकाल्नेगरी अन्तरक्रिया समेत गर्ने भएको छ।

त्यसैगरी माघ दोश्रो साता जनपरिचालन गर्ने उदेश्य अनुरुप जनसभाहरु गर्ने निर्णय भएको मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्ड सीले बताएका छन्।
प्रवक्ता प्रकाण्ड सीका अनुसार प्रचण्डसहितका नेताहरूले राजतन्त्र र हिन्दु धर्मको विषयमा भारत र एमसीसी तथा क्रिश्चियन धर्मको विषयमा अमेरिकाले दबाव तथा षड्यन्त्र तिव्र पारेकोले संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने कुरामा एकमत भएको बुजिएको छ।

नेकपाका महासचिव विप्लव सीले भ्रष्टाचार नियन्त्रणबाहिर गएको, सुशासु नभएको र त्यसबाट प्रतिगमन तथा विदेशी हस्तक्षेप बढेको बताएपछि प्रम प्रचण्ड र मोर्चाका अध्यक्ष माधव कुमार नेपालले सबै भन्दा भ्रष्टाचार वडा पालिकामा भएकोले गाउँगाउँमा सिंहदरवा भन्ने नारा असफल भएको गुनासो राखेको स्रोतको दावि छ ।

त्यस्तै नेकपाका नेताहरूले अदालतद्वारा जारि पक्राउ पूर्जीको विषयमा सरकारको धारणा मागेका थिए। पूर्व सरकारको अविछिन्न उत्तराधिकार रहेको कारण ओली सरकार र नेकपाबिच भएको ३ बुंदे सहमति कार्यन्वयन गर्ने प्रतिवद्दता दोहोर्याएको बताइएको छ। राजनीतिक विषयमा सहमतीु कार्यान्वयन गर्ने प्रतिवद्धता न्यायिक निकास जारी गर्न नेकपाले आग्रह गरेको र प्रम प्रचण्डले पश गर्ने नमुने विषयमा विज्ञान आजभोलि नै पक्राउ पूर्जीको विषय स्पेयर, गर्नेगरी कुनै सार्वजनिक कार्य मार्फत धारणा राख्ने सहमती भएको बताइएको छ ।

समाजवादी मोर्चाको नेतृत्वको समयसीमा माधव नेपालको समाप्त भएको अवस्थामा नेकपाकै नेतृत्वले निरन्तरता पाउनुले आशंका पैदा भएको छ। चक्रिय प्रणाली अन्तर्गत प्रचण्डको पालो भएको तर प्रचण्ड प्रधानमन्त्री भएका कारण उनले नेतृत्व समाल्न अव्यवहारिक हुन्छ । विप्लवलाई नेतृत्व दिन प्रचण्ड हिचकिचाइरहेको कारण समाजवादी मोचीको नेतृत्वको विषय ब्रेक थ्रूु हुन नसकेको नेकपाका स्थायी समिति सदस्य तथा प्रचार र प्रकाशन विभाग इञ्चार्ज अनिल बिरहीले बताएका छन्।

मोर्चाको नेतृत्वको विषयमा आगामी बैठकमा निर्णय गर्ने बताइएको छ । मोर्चाको सकारात्मक प्रभाव परेको कारण बाँकी ३० जिल्लामा पनि जिल्ला स्तरिय  संरचना शिघ्र गठन गर्ने निर्णय भएको बताइएको छ ।

Facebook Comments Box