झापा । जंगली हात्तीको आक्रमणमा परि झापा शिवसताक्षी नगरपालिका ११ श्रृजना टोलका ४६ बर्षिय मेघराज राईको आज राती ज्यान गएको छ ।

Advertisements


घरमै सुतिरहेको बेला बिहिवार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जानेक्रममा गाउँलेको सहयोगमा हात्ती खेदाउने क्रममा राईलाई आक्रमण गरि घटनास्थलमै हात्तीको आक्रमणमाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्नेक्रममा घरमुलि राईको हात्तीसग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीेले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ । हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोस्ट मार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box