काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी र तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबिच भएको तिन बुँदे समहमती कार्यन्वयन गर्न कार्यदल गठन भएको छ।

Advertisements

शुक्रबार बिहान नेकपाका महासचिव विप्लव र प्रचण्डबिच बसेको दुइ पक्षीय बैठकले २०७७ साल फागुन २० गते नेकपा र ओली सरकारबिच भएको ३ बुँदे सहमती कार्यन्वयन गर्न कार्यदल गठन भएको हो।

भर्खरै प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच भएको दुईपक्षीय बैठकबाट ३ बुँदे सहमती कार्यन्वयन गर्नका लागि ६ सदस्सिय कार्यदल गठन भएको छ।

कार्यदलमा नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्ड सीको नेत्रित्वमा सिलु सी र एकराज भण्डारी रहने नेकपाले जनाएको छ।
त्यस्तै सरकारका तर्फबाट वर्षमना पुनको नेतृत्वमा ३ सदस्सिय कार्यदल रहने छ, कार्यदलले ३ बुँदे सहमति कार्यन्वयनको बिषयमा सरकारलाई सुझाव तथा उपाय पठाउने भएको नेकपाका स्थायी समिति सदस्य तथा प्रचार बिभाग प्रमुख अनिल विरही सीले बताएका छन्।

गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सहित ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठकमा नेकपा र सरकारकाबिच भएको तिनबुँदे सहमति कार्यान्वनको बिषयमा सरकारको मौनताको बिषयमा प्रश्न उठेको थियो। 

Facebook Comments Box