विर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले यो देशको जिम्मेवारी अब नेपाल कम्युनिस्ट पार्टीले लिने बताएका छन्,। पुष २६ गतेदेखि इलामको दानाबारीमा चलेको ४ दिने स्कुलिङ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उनले नेपाली विशेषताको समाजवाद स्थापना गर्ने शक्ति स्कुलिङले निमार्ण गर्ने विश्वास समेत व्यक्त गरेका छन्,।

मेची -कोसी ब्युरोको संयुक्त रुपमा संचालित स्कुलिङ कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् स्कुलिङ विभाग प्रमुख भरत सीले देश एकदम गम्भीर संकटमा परेको र त्यसको निकास नेपाल कम्युनिस्ट पार्टीले मात्रै दिन सक्ने वताए ।

उनले अहिलेको संकट साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादका कारण आएको बताउँदै देशको अग्रगामी निकासका लागि पार्टीले अगाडि सारेको नेपाली विशेषताको समाजवाद मात्र उत्तम विकल्प भएको बताए । उनले एकीकृत जनक्रान्तिको स्कुल भनेको एकीकृत मानव उत्पादन गर्ने शिक्षा भएको र यसले एकीकृत जनक्रान्ति र समाजवादको सकरात्मक योगदान गर्दै सम्पन्न भएको दाबी गरे ।

उनले विचारमा असल विद्यार्थी,राजनीतिमा कुशल नेता,व्यवहारमा सक्षम सिपाही नै एकीकृत मानव भएको पनि बताए ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रतिक्रिया दिदै स्कुलिङ्ग अत्यन्तै फलदायी र राम्रो भएको बताए । स्कुलिङ्गमा दर्शन,अर्थशास्त्र,बैज्ञानिक समाजवाद,एकीकृत जनक्रान्ति लगायतका विविध विषयमा विषयगत तथा विधागत ज्ञान दिएको थियो ।

स्कुल विभागका इन्चार्ज भरत सी,पिविएम भेसराज सी, तिर्थ सी, असल सी, प्रयास सीले स्कुलिङ्गको सहजिकरण गरेका थिए । स्कुलिङ्ग समापन कार्यक्रमको अध्यक्षता मेची व्यूरो इन्चार्ज सुमनसिंह सीले गरेका थिए ।

स्कुलिङ कार्यक्रममा प्रशिक्षार्थीहरुमा मेची -कोसी ब्युरोका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

Facebook Comments Box