झापा । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा देशका तीन चर्चित मेयरले बहिस्कार गरेका छन्, । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

Advertisements

निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।

उपमेयर सुनिता डंगोल हेटौंडा पुगेपनि मेयर शाहले कार्यव्यस्तताको कारणले हेटौंडा नगएको बताए । उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन् ।

यस्तै, धरानका मेयर हर्क साम्पाङले पनि भोट हालेनन् । उपमेयर आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । उनी धरान वडा-५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी छन् ।
धनगढीका मेयर हमालले पनि भोट हालेनन् । हमालले भोट हाल्न नगएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Facebook Comments Box