[the_ad_placement id=ads-sec ads-full"below-post"]

पाँचथर। पाँचथर जिल्ला फाल्गुनन्द-५, कोलबुङमा एनआइसी लघुवित्तिय संस्थाका कार्मचारीले नेपाल कम्युनिष्ट पार्टी पाँचथरले हातपात गरेको भनि कपोकल्पित झुट्टा आरोप लगाएको भन्दै अनावश्यक कुरामा राजनीति नगर्न नेकपा पाँचथरले चेतावनी दिएको छ।

हिजो प्रेस वक्तव्य जारी गर्दै नेकपाले लघुवित्त संस्थाको कर्मचारी जनतामा जाँदा पार्टीका विरुद्ध विभिन्न भ्रामक कुराहरु गर्ने, अपशब्द प्रहार गर्ने, देशको एक जिम्मेवार राजनितिक पार्टीको खिलाबमा सक्रिय रहेकोले यस विषयमा नेपाल कम्युनिष्ट पार्टीको गम्भिर ध्यान आकर्षण भएको जनाएको छ। यस किसिमको गतिविधि नगर्न र झुठो कुरा गरी राजनिति नगर्न समेत नेकपाले चेतावानी दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी यतिबेला राष्ट्रियता, जनतन्त्र, जनजिविका र हरेक खाले दमनका विरुद्ध संघर्षरत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अघि भनिएको छ,-“राज्यसत्ता संचालकहरु नै भ्रष्ट्रचारमा लिप्त भएका छन्, घुस नदिए जनताको कामै नगर्ने, दिनप्रतिदिन महंगी बढाउने, जनतामाथि अचाक्लि कर थप्ने दलाल पुजीवादी संसदीय व्यवस्थाको चरित्रको कारण आम श्रमजिवि जनता आक्रान्त बनिरहेका छन् । आज पाँचथर मात्र नभएर देशैभरी लघुवित्त संस्थाहरु आत्माघाती बन्दै गएका छन् ।”

सहज बाटो बाटै वित्तिय सेवा पुऱ्याउन भनेर संचालित लघुवित्तका ऋण योजना किन प्रतिउत्पादक बन्दैछन् ? यसको कुनै जवाफ छैन, लघु वित्तले असुल्ने महंगो व्याजदर कमजोर लगानी संयन्त्र सँगै लक्षित शिर्षकमा लगानी नगर्ने प्रवृति, उद्यमशिलताको अभाव जस्ता अनेक कारणले समाजमा भित्रभित्रै आर्थिक वितन्डता त निम्त्याएको छ नै जनताको पारिवारिक जीवनलाई पनि धरापमा पार्दैछ । लगानिको प्रतिफल नआई मासिक किस्ता बुझाउनुपर्छ ।”
त्यसको परिपुर्तिको लागि पुनः अन्यत्रैबाट ऋण लिने प्रवृत्ति देखिएको छ । त्यो ऋण लगेर के गरिरहेको छ ? कस्तो ठाउँमा लगानी गरेको छ भन्ने कुरा सोधखोज गरेको देखिदैन, उपभोक्ताबाट जसरी पनि पैसा असुल्ने घरखेत उठाउने नयाँ सामन्ति जमिनदार प्रथाको शैलिमा लगानी गर्ने क्रम प्रतिस्पर्धात्मक बढेको देखिन्छ । लघुवित्त संस्थाहरुले ग्रामिण महिला भेला गरि समूह बनाई कर्जा सदुपयोगिताको लक्ष्य नहेरी योजना बेगर ऋण लगानी गरि कर्जा असुली गरिदा ऋणको चपेटामा परि गाउँहरु नै भयावह देखिन्छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,-” लघुवित्तद्वारा बनाइएको समूहमा आबद्ध महिलाहरुको ठुलो तप्का कुनै न कुनै रुपले मानसिक समस्याको सिकार भएका छन्। हिजो लक्ष्य पुऱ्याउने र ऋण दिने होडवाजीका कारण आमा, दिदि, बहिनीहरु बेचैन भएको छन् । जवरजस्त रुपमा हाम्रा नेपाली दिदिबहिनी आमाहरुलाई ऋण असुलीको नाममा मानसिक तनाव नदिनहुन पाँचथरमा संचालित सम्पुर्ण लघुवित्त संस्थाहरुलाई अनुरोध गर्दै फेरिपनि जवरजस्ती गाउँमा गएर सोझा सिधा आमा, दिदि, बहिनीलाई ऋण असुलीको नाममा, मानसिक तनाव दिइएको पाइएमा नेपाल कम्युनिष्ट पार्टी जस्तो सुकै कदम चाल्न पछि हट्ने छैन त्यसको जिम्मा स्वयम लघुविक्त संस्थाले लिने छ लघुविक्त संस्थाको ज्यादती विरुद्धको संघर्षमा आम सरोकार नियकाहरुलाई आ-आफ्नो स्थानबाट सहयोग र समर्थन गरिदिनहुन आम पाँचथर बासी जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।”

Facebook Comments Box