[the_ad_placement id=ads-sec ads-full"below-post"]

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापा जिल्ला अन्तर्गत दमक नगरपालिका आसपासमा पार्टीको लोकप्रीयताको फाईदा उठाउदै पार्टीको नाम बेचेर मुद्धामामला मिलाउने, आर्थिक कृयकलाप गर्ने जस्ता गतिबिधी गर्नेलाई नेपाल कम्युनिस्ट पार्टी झापाले कारबाहीको चेतावनी दिएको छ। सो सम्बन्धमा विभिन्न निकायबाट जानकारी पार्टीमा आएको भन्दै यस कार्य प्रती पार्टीको ध्यानाकर्षण भएको पार्टीका जिल्ला सेक्रेटरी विनोद सीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्,।

पार्टीको नाम बेचेर गतिबिधी गरिरहेका ब्यक्तिहरुको पहिचान भैसकेको र उनिहरुको बिगत देखिको कृयाकलाप पार्टीलाई राम्रो संग थाहा रहेको अवगत गराउँदै यस उप्रान्त यस्ता काम झुक्किएर पनि नगर्न नेकपाले विज्ञप्तिमार्फत चेतावनी दिएको हो। फेरि पनि यस्ता हर्कत दोहोरिए नाम सार्वजानिक गरेर सडकमा ल्याएर कारवाही गरिने जानकारी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments Box