मेचीनगर। बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पताल बीच आँखा उपचार सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

Advertisements

आज आइतबार अस्पतालको सभा हलमा सम्पन्न दुई पक्षीय सम्झौता अनुसार जेसीजका सदस्यहरुको नि:शुल्क आँखा उपचार हुने भएको छ । जसअन्तर्गत कार्य समिति सदस्य तथा पूर्व अध्यक्षका लागि नि:शुल्क ओपीडी, शल्यक्रियामा ५० प्रतिशत र चश्मामा १० प्रतिशत छुट हुने छ ।

सम्झौतामा न्युनतम १० वटा सामुदायिक विद्यालयमा नि:शुल्क आँखा जाँच तथा ५ वटा विद्यालयमा अभिमुखीकरण कार्यक्रमका लागि सहजीकरण गर्नुपर्ने उल्लेख छ । सम्झौतामा बाहुण्डाँगी जेसीजको तर्फबाट अध्यक्ष देबु बानियाँ र अस्पतालको तर्फबाट संचालक मोहन निरौलाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बोल्दै अस्पताल संचालक निरौलाले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत जेसीजसँग सम्झौता गरिएको बताए । उनले आर्थिक अभावकै कारण जोकोहीले आँखा उपचारबाट बन्चित हुने अवस्था आए सिफारिस गर्न र त्यस्ता व्यक्तिको आफुहरुले नि:शुल्क उपचार गरिदिने प्रतिवद्धता जनाए ।

अध्यक्ष बानियाँले आफ्ना सदस्य तथा जेसीजकर्मीका लागि अस्पतालले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

सो अवसरमा अस्पतालका मेडिकल डाईरेक्टर अमनकुमार गुप्ता, प्रवन्ध निर्देशक योगेन्द्रजीत शाही, बाहुण्डाँगी जेसेजका पूर्व अध्यक्ष सागर कार्की, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, बाहुण्डाँगी जेसीजका बोर्डका पदाधिकारीलगायत सहभागी थिए ।

Facebook Comments Box