झापा । झापाको झापा गाउँपालिका -४ टायनडुब्बामा रहेको श्री डील्लीराज मा.वी. का प्रअ विरेन्द्र प्रसाद गुप्ता माथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ। आर्थिक अनियमीतताको प्रसंग बाहिरिए सँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापा गाउपालिकाले कारबाहीको चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

Advertisements

सो सम्बन्धमा मुख्य रुपमा सम्बन्धित विद्यालयका प्र.अ. वीरेन्द्र प्रसाद गुप्ताले विभिन्न बहानामा चार वर्षसम्म विद्यालयको आय व्यय सहितको आर्थिक प्रतीवेदन सार्वजनीक नगरेको र नियमक पक्षको हकमा गाउपालिकाले त्यसलाई मौन स्वीकृति र सहयोग प्रदान गरी वैधानीकता दिन खोजेको, विद्यार्थी, अभीभावक, समाजसेवी तथा स्वच्छ छवीका राजनीतीक कर्मीहरूको तीव्र दबाव पछि पनि दुरासयपुर्ण ढंगवाट प्र.अ. गुप्ताले बिधि र प्रकृयालाई लत्याउदै आफु अनुकुल आर्थिक प्रतीवेदन चोर वाटोवाट पास गर्न खोजेको, सार्वजनीक परीक्षण समीती द्वारा सामाजीक लेखा परीक्षण प्रतीवेदन अनुमोदीत गराइ सार्वजनीक गर्नु पर्ने अनीवार्य प्रावधानलाइ उल्लङ्घन गरी त्यसको सट्टा अपूर्ण प्रतीवेदन सुटुक्क हुलाकमार्फत गाउँपालिका पठाएको र त्यो प्रती गाउपालिकाले मौन समर्थन गरेको नेकपाको आरोप छ। त्यस्तो किसिमको गैर-जिम्मेवारपूर्ण तथा भ्रष्ट र अनैतिक प्रपन्च तत्काल रोक्न लागी प्र.अ. गुप्ता र झापा गाउँपालिका दुबैलाइ पालिका इन्चार्ज कुमार सीले चेतावनी दिएका छन्, ।

विधि प्रक्रिया र पारदर्शीपूर्ण ढंगवाट विद्यार्थी अभिभावक, व्यवस्थापन समीती, सम्पूर्ण विषयगत समीती र सरोकारवालाको उपस्थीतीमा प्रतीवेदनलाई सार्वजनीक नगरे नेकपा झापा गाउँपालिका कमिटी जनअनुमोदित कारबाहीमा कठोरतापूर्वक उत्रीने कुरा विज्ञप्तिमा उल्लेख छ। साथै यस किसिमको बेथितिको बिरुद्दमा सम्पुर्ण न्यायप्रेमी युवा, विद्यार्थी, बुद्दिजिबी राजनितिकर्मी एकजुटहुन समेत नेकपाले आग्रह गरेको छ। (यश विषयमा सम्बन्धित प्रअ गुप्तासँग हामीले बुझ्ने प्रयास गरिरहेका छौँ ।)

Facebook Comments Box