दमक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको हक,अधिकारका क्षेत्रमा क्रियाशील संस्था लिड नेपाल दमकले आयआर्जन र समुदायका सदस्यहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यका साथ ट्रेनिङ सेन्टर सहितको सैलुन आजबाट सञ्चालनमा ल्याएको छ ।

लिड नेपाल संस्थाको अगुवाई र दमक नगरपालिकाको सहयोगमा दमक ५ स्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकेडेमी सञ्चालनमा ल्याइएको हो ।

बेलडाँगी रोडमा खोलिएको सो सैलुनको आज दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले विधिवत् रुपमा उद्घाटन गरेसँगै सैलुन सञ्चालनमा आएको हो ।

सैलिनुको उद्घाटनका क्रममा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन स्थानीय सरकारले सहयोग पुर्‍याउँदै आएको बताइन् ,। यस्ता समुदायलाई लक्षित गरि सीपमूलक तालिम लगायतका अवसर प्रदान गरि स्वरोजगार बनाउन खाचो रहेको र लिड नेपालले यसका लागि तारिफ योग्य समन्वय गरिरहेको बताइन् ,।

सैलुन उद्घाटनमा लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला ) ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई रोजगारीसंगै सीपमूलक तालिम प्रदान गरि संस्थागत सवलीकरणमा यस कार्यलाई शुरुवात गरेको र आगामी दिनहरुमा यसलाई विस्तार गरेर समुदायका सदस्यहरुलाई रोजगारी प्रदान गरिने समेत उनले बताइन् ,। उनका अनुसार यस सैलुनमा नगरपालिकाले तालिमसंगै आवश्यक भौतिक संरचनामा सहयोग पुर्‍याएको छ। नगरपालिकाले सैलुन खोल्नका लागि यसअघि त्यससम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा १८ जना प्रशिक्षार्थी सहभागी थिए ।

सैलुनमा श्रृङगार सम्बन्धी जनशक्ति सोहि तालिमबाट तयार गरिएको थियो । सैलुनमा विभिन्न किसिमका पाँच जना व्यूटि प्रशिक्षक संलग्न छन् । सैलुनले सवै ग्राहकका लागि सुलभ र सरल मूल्यमा नै श्रृङगार संगै तालिम समेत सञ्चालन गरिने लक्ष्य राखिएको लिड नेपालका अध्यक्ष शुसील पौडेलले बताए ।
सैलुन उद्घाटनमा व्लू डाइमण्ड सोसाईटीकी अध्यक्ष पिंकी गुरुङ ,लिड नेपालका पदाधिकारी, सामाजिक अभियान्ता , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box