बाहुण्डागी । नारी दिवसको अवसर पारेर बाहुण्डागी जेसीजले नारी बिशेष कार्यक्रम आत्मारक्षा तालिम सम्पन्न गरेको छ ।
बाहुण्डागी जेसीज खुल्ला शाखा भए पनि शुक्रबार महिला सदस्यहरुलाई मात्र सहभागी गराएर तालिम सम्पन्न गरेको हो ।जेसीजमै पहिलो पटक महिला कार्यकारिणी उपाध्यक्षलाई अध्यक्षताको जिम्मेवारी दिएर नौलो अभ्यास सुरु गरेको हो ।

“नेतृत्व र ब्यक्तित्व बिकास गर्ने संस्था हो जेसीज यसैलाइ आत्मासाथ गर्दै हरेक सदस्यहरुमा नेतृत्व बिकास हुनु पर्छ ” अध्यक्ष देबु बानियाले भने- “एक महिना अघि म चितवन हुँदा केदार सुनुवारको नेतृत्वमा आँखा शिविर सम्पन्न भयो । आज महिला दिवस ।”

उक्त तालिमको सम्योजक रिना दर्जी, प्रमुख अतिथी महिला वडा सदस्य गिता देवी लुङगेली , प्रशिक्षक सम्झना सारु मगर, सहभागी छात्रा बिद्यार्थी सहभागी थिए । महिला अधिकारको नारा मात्र होइन अवसर दिनु पर्छ अध्यक्ष बानियाले भने,- “सबै महिला सक्षम छन्,।”

कार्यक्रममा सहभागी बक्ताले यो किसिमको कार्यक्रम पहिलो पटक अनुभूति गरेको प्रतिक्रिया दिएका थिए । जहाँ पनि पुरुष प्रधान हुने गर्थ्यो तर आज सबै महिलाहरु बिच भएको यो कार्यक्रम साच्चै नारी दिवस जस्तो अनुभूति भयो सहभागी ऎश्र्यया सुबेदिले भनिन्, ।
सहभागी छात्राहरुको तर्फबाट कार्यक्रम सम्योजक रिना दर्जीले स्वागत गरेको कार्यक्रमको सन्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन । प्रकृति थापा र कृतिका थापाले समेत आफ्नो भनाइ राखेका थिए ।

Facebook Comments Box