मेचीनगर। झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।

उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् ।

उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । आगलागीको कारण थाहा हुन नसकेको उनले बताए । 

Facebook Comments Box