काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका नारायण दाहाल निर्वाचित भएका छन्,। आज भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहालले बाजी मारे । उनलाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । गठबन्धनका दाहालले ३९ मत पाउँदा शर्मा १७ भोटमा रोकिए ।


आज मंगलबार भएको निर्वाचनमा विजयी हुँदै नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने बताएका छन् ।

‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा आफू प्रतिबद्द रहेको र त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि रहेको दाहालले बताए ।

Facebook Comments Box