झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापाको आयोजनामा भोलि शुक्रबार सुरुङ्गामा “वर्तमान राजनीतिक संकट र समाधान ” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

पार्टीको केन्द्रीय निति अनुसार देशका सबै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गरिरहेको नेकपाले भोलि सुरङ्गा स्थित लोटस होटलमा दिनको १२ बजेदेखि कार्यक्रम शुरु गर्ने पार्टीका पश्चिम झापा इन्चार्ज सञ्जय सीले जानकारी दिए।

कम्युनिस्ट ,समाजवादी , गणतान्त्रिक र देशभक्त शक्तिहरुका बिच उक्त अन्तरक्रिया कार्यक्रम हुनेछ । पछिल्लो समय संसदीय व्यवस्था असफल भएसँगै नेकपाले यसको निकास समाजवादी व्यवस्था रहेको ठहर गर्दै सबैलाई यश विषयमा बहसमा तानेको छ।

Facebook Comments Box