काठमाडौं । नेकपाका महासचिव विप्लवले एकीकृत जनक्रान्तिका सहिदका परिवारहरुलाई सम्मान गर्ने भएका छन् ।

साेमबार मध्यान्ह १२ बजे काठमाडौं, कमलादीस्थित प्रज्ञा भवन आयाेजना हुने कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान गर्ने, सम्मान-पत्र दिने तथा साेही कार्यक्रममा सहिदगाथा पनि विमाेचन हुनेछ ।

नेकपाका महासचिव विप्लवकाे अध्यक्षतामा हुने कार्यक्रममा पुस्तक समीक्षा,गीत नृत्य तथा कविता वाचन हुने बताइएको छ ।
कृतिका समीक्षकहरुलाई कृति उपलब्ध गराइसकिएकाे बताइएको छ ।

Facebook Comments Box