[the_ad_placement id=ads-sec ads-full"below-post"]

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा आज साँझ सात बजेको समयमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ का ३१ बर्षीय सामना लिम्बू र साबिकको डुम्रिसे–२ का ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्की घाइते सामना लिम्बूको चिउँडो भाँचिएको र गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले अटो नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ ।

Facebook Comments Box