[the_ad_placement id=ads-sec ads-full"below-post"]

शाहस भट्ट

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी चयन भएका छन्। १३३ सदस्यीय केन्द्रीय समिति पारित भएसङ्गै युवा संगठन नेपालकाे केन्द्रिय समितिको बैठकले दिनेश सीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
संगठनका पूर्व उपाध्यक्ष दिनेश सीको नेतृत्वमा ५ जना पदाधिकारी चयन भएका छन् । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विश्लेषण सी, महासचिव सुवाश सी, सचिव अनिल सी र कोषाध्यक्ष जिवनी सी रहेका छन् ।

यस अघि ११ जना पछि मनोनित गर्नेगरी १३३ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत पारित भइसकेको छ ।
त्यही नवगठित केन्द्रिय समितिको बैठकले पदाधिकारी सर्वसम्मत पारित गरेको हो ।

निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण सकिएसङ्गै महासचिव विप्लवले अविर लगाएर नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

Facebook Comments Box