इलाम । प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा युवा स्वतन्त्र उम्मेद्बार मनोज निरौला (प्रदिप) ले माछा चुनाव चिन्ह प्राप्त गरेका छन् ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । गत २४ गते मनोनयन दर्ता गराएका राजनीति दल र स्वतन्त्र उम्मेद्बारले उम्मेद्बारी दर्ता गराएका थिए ।

सचेत युवाको हिसावले पर्यटकीय अथाह सम्भावना भएको इलामको विकास र प्रवर्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ चुनावी अभियानमा लागेको निरौलाले जानकारी दिए ।

सन २००३ मा युक्रेनबाट मेकानिककल इन्जिनियरीङमा मास्टर गरेका निरौलालले जनस्तरबाट विकासमा जनसहभागीता जुटाउँदै दिगो बिकासका लागि आफू लाई मतदान गर्न इलामेली मतदातालाई आग्रह गरेका हुन् ।

इलामको विकास र सम्बृद्धिका लागि एक पटक आफुलाई रोज्न मतदातालाई आग्रह गर्दै चुनावी कार्यक्रममा जुट्न र अन्य राजनैनिक दललाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल समेत गरे ।

Facebook Comments Box