विर्तामोड । झापाको बिर्तामोड स्थित बुधबारे हटियामा विर्तामोड नगरले डोजर चलाउने धम्की दिएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज प्रेस विज्ञप्ति जारी गर्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।

यसअघि नगरपालिकाले पटकपटक सुचना जारी गर्दै उक्त स्थान खाली गर्न भनेपनि व्यवसायीहरुले बिना विकल्प स्थान खाली नगर्ने बताएका थिए। व्यवसायीको अडानलाई चेतावनी दिँदै नगरपालिकाले डोजर चलाउने बताएपछि पीडित व्यवसायीहरुको पक्षमा वकालत गर्दै नेपाल कम्युनिस्ट पार्टीले चेतावनी सहितको विज्ञप्ति जारी गरेको हो।

बुधबारे हटिया (देवि हाट) मा १० औं बर्ष देखि राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका ७० / ७२ जना व्यवसायीहरुलाइ विस्थापित गर्ने गरी विर्तामोड नगरपालिकाले डोजर लगाउने तयारी गरेको बिषय प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत बताइएको छ। त्यस स्थानमा विर्तामोड नगरपालिकाले बहुतले व्यवसायिक भवन निर्माण गर्ने बताउँदै जमिन खाली गराउन खोजिएको बताए पनि यो कामको पछाडी कमिसनको ठूलो भांडो तयार गर्दै नगरपालिका, बिचौलिया, ठेकेदार र पंहुचदारहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने वातावरण बनाउने खेल लुकेको पनि उक्त पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए ।

देशमा पैदा भएको यस्तो जटिल बित्तिय संकटको बेला यस्ता भवनको चर्चा हुनु र दाम्लो छिनाएरै डोजर लगाउन उद्धत हुनुले यो कुरालाइ पुष्टि गरेको भन्दै ब्यवशायीहरु झुण्डिएर मर्ने अवस्था बनेको यो समय उक्त हटियामा आतंक सृजना गर्दै डोजर लगाउन खोज्नु अमानवीय र जनबिरोधी हर्कत रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल कम्युनिस्ट पार्टीले यो हर्कत तुरुन्त रोक्न नगरपालिका लाई चेतावनि दिँदै यस्ता काममा सहयोग नगर्न प्रहरी प्रशासन र सरोकारवालाहरुलाई अनुरोध गर्दै जबर्जस्ती गरिए पिंडित ब्यवशायिको नेतृत्व गर्दै सशक्त प्रतिवाद गरिने चेतावनी दिएको छ।

Facebook Comments Box