[the_ad_placement id=ads-sec ads-full"below-post"]

मेचीनगर, ३० फागुन । झापाको काकडभिट्टामा जारी तेस्रो इण्डो- नेपाल फुटबल प्रतियोगिता अन्तर्गत मिलनमोर फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ।

आज सम्पन्न क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लबलाई टाइव्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै मिलनमोरले सेमीफाइनलको यात्रा तय गरेको हो ।

काकडभिट्टा माविको खेल मैदानमा सम्पन्न खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएपनि निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियोे ।

खेलको अन्तिम समयमा डि – बक्स एरिया भित्र मिलनमोरका खेलाडीले ह्याण्ड गरेपछि धरानले पेनाल्टीको मौका पनि पाएको थियो । तर उक्त पेनाल्टी प्रहारलाई मिलनमोर, सिलीगुडीका गोलरक्षक उत्तम दासले उत्कृष्ट बचाउ गर्दै विफल बनाइदिएका थिए ।

आजको खेलको म्यान अफ द म्याच मिलनमोरका गोलरक्षक उत्तम दास घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबद्धारा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद २ लाख प्राप्त गर्नेछ भने उपबिजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Facebook Comments Box