[the_ad_placement id=ads-sec ads-full"below-post"]

मेचीनगर,३० फागुन । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको ४० वटा कुखुरा प्रहरीले पक्राउ गरी नष्ट गरेको छ।

आज दिउँसो मेचिनगर नगरपालिका वडा नम्बर ५ भेटघाट मलामी घर स्थित दिउँसो ३:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोली र बिओपी नकलबन्दाबाट खटिएको शसस्त्र प्रहरी बलको संयक्त टोलिले उक्त कुखुरा नियन्त्रणमा लिएको हो ।

नियन्त्रण लिएको कुखुराको अनुमानित मुल्य रु.२०,०००।- बराबरको २४ वटा लोकल कुखुरा र १६ वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिई पशु क्वारेनटाईन कार्यलय काँकरभिट्टा झापाका कार्यलय प्रमुख मुकेश कुमार सिंहको उपस्थितिमा खाल्डो खनेर पुरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

पछिल्लो समय मेचीनगरकाे विभिन्न सिमानाकाबाट अबैध रुपमा भारतीय बजारबाट कुखुरा तथा मासु खुलेआम तस्करी भैरहेकाले बर्डफ्लुको उच्च जोखिम समेत बढ्दै गएको छ। यसरी तस्करी गरि ल्याइएको कुखुरा तथा मासु जिल्लाका विभिन्न स्थानमा पुगेपनि सम्बन्धित निकाय मौन रहेकाले पनि जोखिम बढ्दै गएको पाइएको छ। अबैध तस्करी नियन्त्रणमा बेलैमा सम्बन्धित निकायले चासो नदिए अवस्था भयावह हुने स्थानीय व्यापारीहरु बताउँछन् ,।


Facebook Comments Box