[the_ad_placement id=ads-sec ads-full"below-post"]
मेचीनगर । झापाको काकडभिट्टामा जारी तेस्रो इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा विराट फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै विर्तामोड झापा -११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै विर्तामोड अन्तिम चारमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुवै टिमले पाएका थुप्रै अवसरहरु गुमाउँदै निर्धारित समय बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा विर्तामोड विजयी भयो । विर्तामोडको तर्फबाट सन्तोष बस्नेत, मित्र बस्नेत, रमेश गुरुङ्ग र प्रेम लिम्बुले गोल गरे । विराटको तर्फबाट सुनिलकुमार सुवेदी, डेनिम राई र विनोद धिमालले गोल गरे भने विपक्षी तर्फबाट सञ्जीव बुढाथोकी र योगेन्द्र राईको प्रहार विर्तामोडका गोलरक्षक किरण बडुवाले बिफल बनाईदिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर किरण बडुवा घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) र मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले संयुक्त रुपमा नगदसहित ट्रफि प्रदान गरे । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ । मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेल धरान भेट्रान फुटबल क्लब सुनसरी र भरतको मिलन मोर सिलगुढी क्लबबिच दिनको ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ।
Facebook Comments Box