[the_ad_placement id=ads-sec ads-full"below-post"]

झापा । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार एवं शतक रक्तदाता नेत्र बिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न ।

आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन ।

पत्रकारिता र समाजसेवामा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छ्न ।

रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याए बापत बिमलीले अन्तर्राष्ट्रिय रक्तदाता सम्मान समेत पाईसकेका छ्न ।

Facebook Comments Box