मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित बाहुणडाँगी कृषि तथा पशुपालन प्रालिले मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।

मेचीनगर नगरपालिका वडा नम्बर – ४ मा सञ्चालित उक्त फर्मले सार्वजनिक सुनुवाइ मार्फत फर्मको लगानी, बैंक तथा वित्तीय संस्थाको ऋण र अनुदान रकमबाट निर्मित विभिन्न संरचना सहित सामग्रीहरुको विवरण सार्वजनिक गरेको छ।

प्रालिका अध्यक्ष केशब सुवेदीका अनुसार संस्था सँग आफ्नो लगानी ऋण र अनुदान रकम गरि कुल रकम रु १४६९४२२० रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हो । जसमध्ये अनुदान मार्फत रु ७३४७११०/ रुपैयाँ , विर्तामोड स्थित सिविल बैंकबाट र ६००००००/- र संस्थाको रु १३४७११०/- गरी जम्मा रु १४६९४२२०/- रुपैयाँ रहेको थियो ।

जसमा पहिलो चरण अन्तर्गत गोठ निर्माण, स्टोर निर्माण, साईलेस पिठ निर्माण र होल्डिङ एरिया निर्माण गरिएको थियो।

त्यस्तै प्रालिले दोस्रो चरण अन्तर्गत ५० वटा होलस्टेन गाई खरिद, २० युनिटको मिल्किङ पार्लर र २००० लिटरको चिलिङ भ्याट खरिद गरेको छ। उक्त व्यवसायबाट ३० घरपरिवार लाभान्वित हुनेछन् । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्की , संस्थाका अध्यक्ष केशब सुवेदी , संस्थाका पदाधिकारी , स्थानीय कृषकहरु लगायतको उपस्थिति रहेको थियोे । पछिल्लो समय बाहुणडाँगिले कृषि क्षेत्रमा निरन्तर उत्कृष्ट कामहरु गर्दै आएको र धेरैलाई रोजगार समेत दिइरहेको छ।

Facebook Comments Box