[the_ad_placement id=ads-sec ads-full"below-post"]

झापा । सर्वसाधारणको करोडौं रकम ठगी गरेर फरार भएका झापा गौरादहका सुनचाँदी व्यवसायी ५१ वर्षीय सोम विश्वकर्मा आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनलाई झापा प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो ।

गत असार १४ गते चिठी लेखेर वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर मलाई नखोज्नु भन्दै सम्पर्क विहीन भएका विश्वकर्मालाई पक्राउ गरी चन्द्रगडी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ

Facebook Comments Box